काठमाडौं। नेपाली चलचित्र उद्योगको सरकारी आधिकारिक निकाय नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र दिएको छ।

विहीवार चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहमा नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रका गहना चलचित्रकर्मीहरुलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेका हुन्।

 

विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा कलाकारहरुमा सदावहार अभिनेता अर्जुन श्रेष्ठदेखि सुपरस्टार भुवन केसीसम्म र आइडियल डिजाइनका सुप्रसिद्ध डिजाइनर एवम् कलाकार सुन्दर श्रेष्ठदेखि छायाँकार गौरीशंकर धुँजु तथा ड्रेसमेन क्यानाम जुंगे भट्टराईसम्म छन्। हास्यअभिनेता रातामकै किरण केसी देखि हास्यकलाकार उत्तम केसीसम्मलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचय पत्र नेपाल सरकारले प्रदान गरेको छ।

विशिष्ट परिचयपत्र प्राप्त गरेका ६२ जना चलचित्रकर्मीहरुको जनही एक लाख रुपैयाँ बराबरको बीमासमेत सरकारले गरिदिएको आयोजक चलचित्र विकास वोर्डले जनाएको छ। यो समेत विशिष्ट चलचित्रकर्मीको परिचय पत्र पाउने चलचित्रकर्मीहरुको संख्या १०३ पुगेको छ।

विहीवार विशिष्ट श्रेणीको परिचय पत्र पाउने ६२ चलचित्रकर्मीको नामवाली यसप्रकार छन्–
१– चैत्यदेवी सिंह
२– मोहनलाल सराफ
३– गौरीशंकर धुजु श्रेष्ठ
४– नरेन्द्रबहादुर खड्का क्षेत्री
५– अर्जुनजंग शाही
६– रविप्रसाद गिरी (रविन गिरी)
७– सानुकुमार ताम्राकार
८– ऋद्धिचरण श्रेष्ठ
९– राजाराम पौडेल
१०– सन्तोष पन्त
११– मन्दिल श्रेष्ठ
१२– उज्जवलप्रसाद घिमिरे
१३– पवनप्रसाद मैनाली
१४– भुवन के।सी।
१५– सुन्दरलाल श्रेष्ठ
१६– शिव ढकाल
१७– विरेन्द्र नारायण श्रेष्ठ
१८– किरण कुमार केसी
१९– जुजुभाइ महर्जन (जय श्रेष्ठ)
२०– गणेशप्रसाद उपाध्याय खनाल
२१– मदन घिमिरे
२२– प्रकाश चन्द्र सुबेदी
२३– नानीबाबु महर्जन
२४– उत्तम केसी
२५– अर्जुन श्रेष्ठ
२६– गोपालकाजी कायस्थ
२७– राजेन्द्र शर्मा शलभ
२८– दिनेशराज दहाल (डिसी)
२९– धिरन शाक्य (धिरेन शाक्य)
३०– रुद्रप्रसाद पन्त (आरपी पन्त)
३१– हिमाल बहादुर के।सी।
३२– सुशील पोखरेल
३३– डा. भोला प्रसाद रिजाल
३४– दयाराम दाहाल
३५– बनिष विक्रम शाह
३६– नरेन्द्र महर्जन
३७– माधव प्रसाद थपलिया
३८–लक्ष्मणविक्रम बस्नेत
३९– कुल बहादुर महत (जेठा दाइ)
४०– उद्धवराज भट्टराई (जुंगे भट्टराई)
४१– कमल कान्त सेढाई ।
४२– ज्योती लाल राना
४३– मनोज कुमार आचार्य
४४– मुकुन्द किशोर भट्टराई
४५– किशोर कुमार ढकाल
४६– नारायण प्रधान
४७– उत्तम द्वा
४८– शिवहरी नेपाल “वैरागी“
४९– चिरञ्जीवी बस्नेत
५०– दीर्घ वीर गुरुङ
५१– लव वैष्णव (शर्मा)
५२– मनोजकुमार केसी
५३– केशव प्रसाद पण्डित “शुरवीर“ ।
५४– रिता राना (रितु)
५५– सपना श्रेष्ठ
५६– प्रदिपलाल श्रेष्ठ
५७– रामकाजी घिमिरे
५८– विकास राज आचार्य
५९– विजय देउजा
६०– ज्ञानेन्द्र बहादुर देउजा
६१– मदनमान पति बज्राचार्य
६२– राजकुमार पोखरेल

प्रकाशन मिति–२०७९ साल असार १६ गते विहीवार ।