काठमाडौ। संस्कृति संरक्षण एवम् मितव्ययिताको लागि लायन्स तथा लियो क्लब चाबहिलले हरेक दुई वर्षमा आयोजनामा सामूहिक बेल–बिबाह गरिदैआएको छ। यसैक्रममा यो बर्ष माघ ७ र ८ गते दुईदिन सामूहिक बेल–बिबाह कार्यक्रमको आयोजना भएको छ।

बेल–बिबाहमा नेवार सम्प्रदायका तीन वर्ष देखि एघार बर्षसम्मका कन्याहरुको बेल–बिबाह गर्ने कार्य संपन्न भएको आयोजक संस्थाका कार्यक्रम संयोजक लायन श्रीहरि श्रेष्ठले बताएका छन्। जसमा काठमाडौं, काभ्रे, भक्तपुर, बुटवल, नवलपरासी, झापाबाट ४५ कन्याहरुको सहभागिता रहेको थियो।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए–२ का डिष्ट्रिक्ट गभर्नर लायन डीआर खनालको प्रमुख आतिथ्यतामा भएको बेल–बिबाह कार्यक्रममा व्दितीय भाइस गभर्नर शोभा जोशी लगायतले बेल–बिबाहको महत्व र यसको आवश्यकताका बारेमा बोलेका थिए। यसप्रकारका कार्य आगामी बर्षहरुमा पनि निरन्तरता दिने आयोजक क्लबका अध्यक्ष लायन शान्ति बैद्यले बताएकी छन्।


प्रकाशन मिति–२०७४ साल माघ ८ गते सोमवार ।