KP Oli in Airportकाठमाडौ। साताव्यापी चीनको राजकीय भ्रमण संपन्न गरेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल फर्केका छन्। आइतवार अपरान्ह नेपाल फर्केका प्रधानमन्त्री ओलीले चीनसंग भएको पारवहन र यातायात संझौताले नेपालको आर्थिक विकासको ढोका खोलेको बताएका छन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण सफल भएको समेत दावी गरेका छन्। चीन भ्रमण नेपालको आर्थिक विकासको लागि नयाँ कदम भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले चीन र भारत दुवै छिमेकी मुलुकसंग संवन्ध सुमधुर बनाउन नेपाल सरकारको नीति सफल भएको पनि बताए।

हिमालयन एयरलाइन्सको चार्टर विमानवाट चीन गएका ओली सोही विमानवाटै नेपाल फर्केका हुन्। ओलीको भ्रमणका क्रममा चीनसंग नेपालको १५ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै १० वटा संझौता भएको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र १४ गते आइतवार ।