Rekha Thapa in Election 2

काठमाडौ। पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राप्रपाकी नेतृ तथा नेपाली चलचित्रकी अभिनेत्री रेखा थापाले सामाजिक सञ्चाजलमा जुन प्रकारले चुनावी परिणाम आएको छ । यसमा कसैले आत्तिनुपर्ने र कसैले मात्तिनु पर्ने स्थिति छ जस्तो विलकुलै नभएको जिकिर गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकवाटै आफ्नो कुरा राख्दै नेतृ थापाको भनाई रहेको छ–“ पछिल्लो राजनीतिक अवस्थालाई प्रारम्भिक चरणको रुपमा लिन जरुरी छ । हरेक अवस्था भनौ वा व्यक्ति अभ्यासको सल्यक्रियामा छानिदैछन् । अब रह्यो चुनावको परिणाम । चुनावको परिणाम देखेर नाच्नेहरु र रुनेहरुले राजनीति नबुझेकै होकि भन्ने लागेको छ। सायद म कम जान्ने भएर पनि होला।”

थापाले अगाडि भनेकी छन्–“ एउटा विश्लेषणको आधारलाई गहन भएर भन्ने हो भने हार्दा नेपाली हार्ने र जित्दा नेपाली जित्ने भावनाको विकास हुने दिनको पखाईमा म जस्ता व्यक्तिहरु छन् भन्ने कुरामा दुईमत खासै नरहला।” बिम्बात्मक व्यङ्यत्मक कोणवाट सामाजिक सञ्जाललाई कुरुप बनाउने जो सुकैको कार्यप्रति आफ्नो सहमति नभएको स्पष्ट पारेकी छन्।

Rekha Thapa in Election 1

प्रकाशन मिति–२०७४ साल जेष्ठ ३ गते बुधवार ।