Gyanendra Shah

काठमाडौ। नेपालको राजनीतिक घटनाक्रमलाई चुपचाप नियालेर मौकाको खोजी गर्दै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार साँझ अचानक मुख खोलेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा हिमाल,पहाड र तराई वीचको युगौदेखि जोडिएको संवन्धलाई तोड्ने प्रयास भैरहेकोमा चिन्ता व्यक्त गर्ने कार्य पूर्वराजा ज्ञानेन्द्रवाट भएको छ।

ज्ञानेन्द्रले नेपाली–नेपाली वीचको सदभाव खल्बल्याउने प्रयास भैरहेकोमा आक्रोस पनि पोखेका छन्। क्रान्तिकारी, परिवर्तनकारी र बलिदानीजस्ता शव्दको दुरुपयोग गर्दै बाह्यशक्तिको अनुचित प्रभावमा राष्ट्रलाई कमजोर बनाउने र राष्ट्रिय गौरब नष्ट गर्न अस्थायी सत्ताहरु हावी भएको दावी पनि ज्ञानेन्द्रको रहेको छ।

राष्ट्र प्रेम र राष्ट्रियताप्रतिको आस्था अझैपनि नढलेको उल्लेख गर्दै ज्ञानेन्द्रले नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न देशवासीलाई आव्हान गरेका छन्। समय भड्किसकेपछि पछुताउनुको अर्थ नहुने भन्दै सचेतता अपनाउनु पर्ने कुरामा जोड दिदै हामी मरेपनि देश बाँचिरहोस् भन्ने भावनावाट जागृत भएर नेपालीको अजय शक्ति रक्षा गर्न भनेका छन्।
प्रकाशन मिति–२०७३ साल पुष ६ गते बुधवार ।