Deuwa with Prachandaकाठमाडौ। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको खुलासा भएको छ। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री प्रचण्डले चैत मसान्तमा सरकार छोडने र बैशाख १ गतेदेखि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने लिखित सहमति नेपाली काँग्रेस र माओवादी केन्द्र वीच भएको खुलासा गरेका हुन।

नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा प्रचण्ड गत साउन १९ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वा्चित भएका थिए। त्यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गर्न काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेको थियो।प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेका कारण सो निर्वाचनको अवधिसम्म यही सरकार कायम रहने पनि नेपाली काँग्रेस नेताहरुले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले पनि स्थानीय तहको निर्वाचनपछि आफू देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न तयार रहेको बताउँदै आएका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र २८ गते सोमवार ।