Narayanghat-Mugling Road

काठमाडौ। लामो समय देखि सडक विस्तार गर्ने तथा अपग्रेडिङ्ग भैरहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको निर्माणलाई तिब्रता दिन दैनिक ६ घण्टा बन्द हुने भएको छ।

दैनिक साढे ४ घण्टा आवागमन रोकेर काम गर्दै आएको सडकखण्डमा यही चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक ६ घण्टा यातायात आवतजावत रोकिने भएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार अब दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्म सडक बन्द गरिनेछ । वैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी सोही अनुसार र नमिल्ने सवारी साधनले लेन अनुशासन कायम राखी ट्राफिक प्रहरी र कर्मचारीको निर्देशन पालना गरी सञ्चालन गर्न आग्रह गरिएको छ।

हाल बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरि निर्माण कार्य गरिँदै आएको छ ।
प्रकाशन मिति–२०७३ साल चैत्र ८ गते मंगलवार ।