INAS Europलण्डन । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनासको आयोजनामा चौथो इनास युरोप महादेश स्तरीय नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ। आगामी मे महिनाको १४ र १५ तारिखका दिनमा उक्त कार्यक्रम स्वीजरल्याण्डको बासेल शहरमा हुने जानकारी पनि इनासले दिएको छ। जसको सहभागी हुने प्रतियोगीले पालना गर्नुपर्ने नियमलाई इनास युरोपले सार्वजनिक गरेको छ।

इनास युरोप र इनास स्वीजरल्याण्डव्दारा जारी गरेको सूचना अनुसार प्रतियोगितामा प्रतियोगीले अनिवार्य रुपमा नेपाली भाषामा नेपाली गीत गाउनुपर्ने तथा नृत्यतर्फ नेपाली गीत नै हुनुपर्ने भनिएको छ।

युरोप महादेशका अधिकाँश देशहरुवाट कलाकारहरुको सहभागिता रहने र यस प्रतियोगितामा कलाकार तथा अन्य इच्छुक व्यक्तिहरुलाई कार्यक्रम संवन्धी सूचना तथा जानकारीको लागि संवन्धित देशका इनासमा आवद्ध पदाधिकारीहरुलाई संपर्क गर्न सकिने सूचित पनि गरिएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन २७ गते विहीवार ।