Hari Udashiकाठमाडौ। चौध भाषामा सपना देख्ने र विपनामा विर्सने निर्देशकको रुपमा ख्याति कमाएका चलचित्र निर्देशक हरि उदासीको निर्देशनमा चलचित्र साथी तिमी नै हौ निर्माण हुने भएको छ। हाल धरानमा घरजम गर्न व्यस्त निर्देशक उदासीले उक्त चलचित्र साथी तिमी नै हौ का लागि दुई नायिका चयन गरेका छन्।

Jharana Thapa with Shubhechha Thapa 2

ती नायिकामा झरना थापा र शुभेच्छा थापा रहेका छन्। नातामा एकाधघरका जेठानी र देउरानी रहेका झरना र शुभेच्छाको एकसाथ अभिनय रहेको पहिलो चलचित्र हुने दावी निर्देशक उदासीको रहेको छ। जेठानी–देउरानी नायिका भएकोले चलचित्रको कथावस्तुमा यी दुवै नायिका वीच नै भीडन्त हुने आशंका गरिएको छ।

Jharana Thapa with Shubhechha Thapa 1

Jharana Thapa red

चैत्र २२ गतेवाट पूर्वीनेपालको धरान–धनकुटावाट छायाँकन प्रारम्भ गरिने बताइएको उक्त चलचित्रको छायाँकन स्थल धरानमा नायिका शुभेच्छा थापा पोखरावाट पुग्ने क्रममा रहेकी छन्।

झरना थापा भने केही दिनपछि धरान पुग्ने बताइएको छ। अर्जुन न्यौपाने निर्माता रहेको चलचित्र साथी तिमी नै हौ को नायक तथा अन्य कलाकारका बारेमा भने खुलासा गरिएको छैन्।

shuvechchha Thapa orange hot 1प्रकाशन मिति–२०७२ साल चैत्र २१ गते आइतवार ।