काठमाडौं। नवौं म्युजिक खबर म्युजिक अवार्डवाट विख्यात फोटोग्राफर च्याङ्बा लामा सम्मानित भएका छन्। फोटोग्राफर लामालाई म्युजिक खवर फोटोग्राफी सम्मान–२०७८ वाट सम्मानित गरिएको हो ।

आयोजक म्युजिक खबर म्युजिक अवार्डका अध्यक्ष सुमन पण्डित फोटोग्राफर लामाको नयाँ बानेश्वर, बुद्धनगर स्थित सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरमा अन द स्पट पुगेर सम्मान गर्ने कार्य भएको हो । केही दिन अघि भएको भव्य अवार्ड कार्यक्रममा फोटोग्राफर कार्य व्यस्तताको कारण पुग्न नसकेको कारण अन द स्पट कार्यस्थलमा नै पुगेर अवार्ड दिने कार्य भएको आयोजक समितिले जनाएको छ।

अन स्पट सम्मान वितरण समारोहमा इन्टरनेशनल नेपाली खेलाडी एवम् विख्यात अभिनेता गौतम खातीको पनि विशेष उपस्थिति थियो । अन द स्पट आफ्नो कार्यकक्षमा नै सम्मान पाउंदा अत्यन्त गौरब लागेको फोटोग्राफर लामाले भिजन संसार डटकमलाई बताएका छन्।

प्रकाशन मिति–२०७८ साल पुस २४ गते शनिवार ।