काठमाडौ। नेपालको राजनेता नै बन्न सफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो फोटोको गजबको बेजोड फ्रेमिङ देखेर चकित बनेका छन्। अध्यक्ष ओली यति धेरै राम्रो चमत्कारिक फ्रेम नेपालमा नै बनेको तथा नेपालका चर्चित फोटोग्राफर च्याङ्वा लामाको सीबी फ्रेमिङ कंपनीवाट उत्पादन भएको कुरा सुनेर अत्यन्त दंग बनेका थिए।

त्यसरी नेपालमा विसं.२०६५ सालदेखि आकर्षक फ्रेमिङको व्यवसाय शुरु गर्ने फोटोग्राफर च्याङ्वा लामालाई अध्यक्ष ओलीले धन्यवाद तथा बधाई समेत दिएका छन्। यिनै फोटोग्राफर च्याङ्वा लामाको सीवी फ्रेमिङ कंपनीवाट उत्पादित विभिन्न आकर्षक हल्का अनि सहज र छरिता फ्रेमहरु यसपालि बढी प्रयोग गर्ने नेपालका नेताहरु नै देखिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा देखि हालै संपन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा विजयी प्राय नेताका तस्बीरहरु च्याङ्वा लामाको सीबी फ्रेमिङ कंपनीवाट उत्पादित फ्रेमिङमा सजिएका छन्।

पहिला कुनैपनि तस्बीरमा फ्रेम राख्नु परेमा भारत तथा चीनमा उत्पादित फ्रेमको प्रयोग गर्ने गरिन्छ भने, अव भने नेपालमा नै उत्पादन भएको सहज– सरल अनि हल्का र विभिन्न मोडलका आकर्षक फ्रेमहरु बजारमा देखिएका प्राय सीवी फ्रेमिङ कंपनीवाट उत्पादित फ्रेमहरु नै रहेका छन्।ती फ्रेमहरुमा नेपालका नंबरी नेतादेखि अभिनेता तथा अभिनेत्रीका तस्बीरहरु सजिने गरेका छन्। ती फ्रेमका मूल्य रु.२ सय ५० देखि रु.१० हजारसम्मका रहेको सीबी फ्रेमिङ कंपनीका प्रोप्राइटर समेत रहेका फोटोग्राफर च्याङ्वा लामाले भिजन संसारलाई भनेका छन्।

च्याङ्वा लामाको इतिहास

नेपाली ग्ल्यामर फोटोग्राफीमा धेरै फोटोग्राफरहरुको नाम अग्रपंक्तीमा आउने गरेका छन्। र आउने क्रममा पनि रहेका छन्। ग्ल्यामर फिल्डमा धेरै काम गरेर पनि चुपचाप बेखबर बनिरहेका खवरभित्रका खवर ग्ल्यामर फोटोग्राफर च्याङ्वा लामा हुन्। च्याङ्वा लामाको ग्ल्यामर फोटोग्राफीले अढाई दशक नाँघ्ने तर्खरमा पुगिसकेको छ।

Mr.Chyangba Lama-Vetran Photographer of Nepal.

यतिधेरै बर्ष पुगिसक्दा पनि नाम भन्दा काममा अत्यन्त व्यस्त बनेका बेखबर च्याङ्गवा लामा यसो हुनुमा आफै व्यस्त भएर होला भन्न चुक्दैनन्। तथापि, च्याङ्गवा लामालाई नजिकवाट बुझ्नेहरु सरल तथा निडर स्वभावका च्याङ्गवा नामजस्तै मायालु देखिन्छन्।

जोसँग फोटो खिचाउने ग्ल्यामर क्षेत्रका कलाकारहरु सकेसम्म च्याङ्गवालाई नै खोजी–खोजी फोटो खिचाउन मरिहट्टे गर्ने गर्छन्। यसो हुनुको पछाडि च्याङ्वाको ग्ल्यामर फोटोग्राफीको कमाल नै हो। जीवन्त फोटो खिच्न जुनसुकै एंगल तथा फ्रेमिङ्ग गर्नपनि तत्काल जानेका च्याङ्वा फोटोग्राफीमा निक्कै सरलता र सहजता खोज्ने फोटोग्राफर भएकाले पनि च्याङ्गवामा कलाकारहरु आकर्षित बनेका हुन्।

कयौं बर्ष नेपालका टप भनिएका ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठको असिस्टेन्ट फोटोग्राफर बनेर कार्य गरेको बताउने च्याङ्वा राजीव श्रेष्ठकै कारण ग्ल्यामर फोटोग्राफर बनेका हुन्।

कसैको फोटोग्राफीको फ्रेमिङ्ग गर्नुपरेमा काठमाडौको बानेश्वर बुद्धनगरस्थित च्याङ्वाको सीवी फोटो ग्यालरी पुग्ने गर्दछन्। जहाँ नेपालका एक से एक कलाकारहरु पनि आ–आफ्ना फोटोका फ्रेमिङ् गर्ने र गराउन व्यस्त बन्ने गरेको पाइन्छ।

मेहनत र इच्छाशक्तिले बनेका च्याङ्वाको आफ्नै पहिचान र सोच रहेको छ। सोही पहिचान र सोचअनुरुप उनी अगाडि बढ्रिहेका छन्। जुन च्याङ्वाको आफ्नै मर्जी हो। आफ्नै मर्जीमा काम गर्नुको मज्जा नै बेग्लै भएको च्याङ्वाको भनाई रहेको छ।


च्याङ्वा लामालाई संपर्क गर्ने फोन नंबर-9851191354/9841631354/014782127

प्रकाशन मिति–२०७४ साल पुष ५ गते बुधवार ।