Deepak Priyanka in Chhakka Panja 1काठमाडौ। फेसबुकको माध्यमवाट पाइरेसी भएको नेपाली कथानक चलचित्र छक्का–पञ्जा आधिकारिक रुपमा सवैले हेर्न मिल्ने गरेर युट्युबवाट सार्वजनिक भएको छ।

अर्जुन कुमार श्रेष्ठको फेसबुक अकाउण्टवाट रातारात चलचित्र छक्का–पञ्जा पाइरेसी भएको भोलिपल्टवाटै आज शुक्रबारवाट युट्युबवाट विश्वभर एकसाथ रिलिज गरिएको चलििचत्र छक्का–पञ्जाका निर्माता तथा अभिनेता दीपकराज गिरीले भनेका छन्।

नेपालमा १६ करोड बराबरको व्यापार गर्न सफल भएको चलचित्र छक्का–पञ्जा अव घरैमा बसेर हेर्न मिल्ने भएको छ। फेसबुकवाट चलचित्र छक्का–पञ्जाको पाइरेसी गर्नेलाई हदैसम्मको कारवाही गरिने पनि भनिएको छ। छक्का–पञ्जालाई लाइक तथा शेयर नगर्न पनि आधिकारिक चेतावनी दिइएको छ।

Superhit Nepali Full Movie Chhakka Panja.

प्रकाशन मिति–२०७३ साल पुस २९ गते शुक्रबार ।