Ishwor Thapa News 1काठमाडौ। नेपाल बाहिर परदेशमा जन्म दिनको अझ विशेष महत्व हुने गर्दछ। परदेशमा सवैजना अत्यन्त व्यस्त बन्ने गर्दछ। त्यो व्यस्तताका बाबजुद पनि आफ्नाहरुको जन्मदिन दिल खोलेर मनाउने नेपालीहरुको कुनै कमी छैन्।

Happy Birthday song directed by Mr. Ishwar Thapa & cinematography by Mr. Shambhu Moktan.
Happy Birthday song directed by Mr. Ishwar Thapa & cinematography by Mr. Shambhu Moktan.

परदेशमा आफ्नाको जन्मदिन मनाउने नेपालीहरुको त्यो बेग्लै अनि गर्बिलो परम्पराको यथार्थता म्युजिक भिडियोमा जस्ताको तस्तै हेर्न मिल्ने भएको छ। क्यानाडामा बसोबास गर्दैआएका नेपालका चर्चित एक्सन नायक ईश्वर थापाको निर्माण तथा निर्देशनमा जन्म दिनको शुभकामना बोलको गीत तयार भएको छ।

Ishwor Thapa News 3

अमेरिकाको अत्यन्त व्यस्त शहर न्यूयोर्कमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोको छायाँकन शंभु मोक्तानले गरेका हुन्। यस गीतको भिडियोमा अमेरिकामा रहेका नदिया लिवाङ, कृष्टल थापा, विश्व थापा, श्रेणी श्रेष्ठ,मालिया राजभण्डारी,दिलास्मा रजक, आर्यन श्रेष्ठ, ज्योति के श्रेष्ठ, सुदीप श्रेष्ठ लगायतले मज्जाले अभिनय गरेका छन्। गायन प्राप्ति श्रेष्ठको रहेको छ भने, शव्द मिलन केसी र संगीत दीपक लामाको रहेको छ।

Ishwor Thapa News 4प्रस्तुत छ–यस म्युजिक भिडियो Now showing Birthday song video.

प्रकाशन मिति–२०७४ साल कात्तिक ५ गते आइतवार ।