Tuyumati in Japanकाठमाडौ। नेपालभाषामा निर्माण भएको चलचित्र ‘तुयुमती’ जापानको राजधानी टोकियोमा सोमबार प्रदर्शन भएको छ।

Mr.Manish Kumar Shrestha-Producer & Actor of Film TUYUMATI
Mr.Manish Kumar Shrestha-Producer & Actor of Film TUYUMATI

नेपालभाषामा निर्माण भएको भएतापनि जापानमा नेपाली भाषामा प्रदर्शन भएको जानकारी यस चलचित्रका निर्माता तथा नायक मनिषकुमार श्रेष्ठले भिजन संसारलाई भनेका छन्।

बेलायतमा सपरिवार बसोबास गर्दैआएका नायक श्रेष्ठ व्यस्तताको कारण जापान जान नपाएको र जापान प्रदर्शनको संपूर्ण जिम्मेवारी जापानमा रहेकी सामाजिक अभियन्ता सविता श्रेष्ठले लिएकोले आफू ढुक्क रहेको पनि नायक तथा निर्माता श्रेष्ठले बेलायतवाट जानकारी दिएका छन्।

Film Tuyumati Japan Co-ordinator M/S Sabita Shrestha
Film Tuyumati Japan Co-ordinator M/S Sabita Shrestha

जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष्ठले भनेकी छन्।

साथीहरुको लहलहैमा आफ्नो लोग्नेलाई पैसा कमाउनका लागि विदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रिएको तर बदलामा आफ्नो लोग्ने गुमाउनु पर्ने जस्ता कथानकतालाई जोडजाड गरेको यथार्थपरक चलचित्र ‘तुयुमती’ हेर्नका लागि टोकियोवासी नेपालीहरुको व्यापक सहभागिता रहेको थियो ।

Tuyumati: A film by Manish Kumar Shrestha
Tuyumati: A film by Manish Kumar Shrestha

प्रकाशन मिति–२०७३ साल चैत्र २९ गते मंगलवार ।