himani-shahकाठमाडौ। जापानका राजा अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा नेपाल स्थित जापानी राजदूतावासले विशेष समारोहको आयोजना गरेको छ। शुक्रबार नेपाल स्थित जापानी राजदूत मासासी ओगावाको काठमाडौ ताहाचल स्थित निवासमा आयोजित समारोहमा नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यता रहेको थियो।

उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती लगायतका भने अतिथिका रुपमा पुगेका थिए। पूर्वयुवराज्ञी हिमानी शाहको हिमानी ट्रष्टलाई जापानले आर्थिक तथा भौतिक सहयोग गर्दैआएको छ। जापानको सहयोगवाट हिमानी ट्रष्टले भूकम्पपछिको पूर्नरनिर्माण कार्यमा विभिन्न कार्य गर्दै आएको कार्यक्रममा बताइएको अन्नपूर्ण पोष्ट दैनिकले उल्लेख गरेको छ।

कार्यक्रममा जापानी राजदूत मासासी ओगावाले नेपालमा गत वर्ष संविधान जारी भएको कुरा उल्लेख गर्दै आगामी दिनमा नेपालले शान्ति र राजनीतिक स्थायित्व हासिल गर्ने अपेक्षा गरेको बताए।
प्रकाशन मिति–२०७३ मंसीर १८ गते शनिवार ।