Jigibisha 6Jigibisha 1

लण्डन । हरेक मान्छेको जित्ने इच्छा हुने गर्दछ। त्यो इच्छा कतिको सफल हुन्छ र कतिको असफल ! त्यो सफलता र असफलताभित्र पनि मानिसहरुमा बाँच्ने इच्छा कायम हुन्छ। अझ उनीहरुमा जित्ने इच्छा तिब्र हुने गर्दछ।

Jigibisha 3

यही जित्ने इच्छाभित्रको यथार्थ नाटक भएको जिकिर जीगिषा भएको नाटककार तथा नाटक निर्देशक सनम कुमार बैराग बताउंछन्। बेलायतमा समय दृश्य नाटकको अपार सफलता पश्चात Firsteducate Nepaluk को प्रस्तुति तथा सनमकुमार बैरागको निर्देशनमा मञ्चन हुन गैरहेको नाटक जीगिषा Jeegishaa मञ्चनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक बैरागले नाटकभित्र नेपालमा भएको १० बर्षे जनयुद्धको घटनालाई मुख्य विषयवस्तु बनाइएको खुलासा गरेका छन्।

Jigibisha 4

Kathmandu Nepalese Cuisine, Northfield, London मा आयोजित पत्रकार सम्मेलनमा नाटक जीगिषा मार्च ४ र ५ मा Harrow Football Club, ११ मा woolwich, १२ मा Aldershot, २७ मा Edinburgh मा मञ्चन हुने भएको छ।

Jigibisha 2

पत्रकार सम्मेलनमा कार्यक्रम निर्माता तेन्जी लामा पाख्रिनले कला, समय तथा आर्थिक र तरिकाले मात्र नाटक सफल हुने विचार व्यक्त गरेका छन्। कलाकारहरु मनिष कुमार श्रेष्ठ, प्रसुना कँडेल, ध्रुब दत्त, विकास बस्नेत लगायतको उपस्थिति रहेको थियो।

Jigibisha 6

प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।