Deepa Junge with Dipak 1काठमाडौ। तितो सत्यकी बबाल अभिनेत्री दीपाश्री निरौला बबरमहलको कार्की व्याँङ्गक्वीटमा सफाचट जुंगामा देखिदा कतिपय अलमलिए। कतिपयले यिनी त दीपाश्री जस्तो देखिन्छ भनेर कमेन्ट गरेपछि जुंगे दीपाले म त दीपाश्री नै त हुँ भनेपछि प्रश्न गर्ने समेत तीनछक्क परेका थिए।

उनै जुंगे दीपाश्रीले तितो सत्यकै बबाल हिरो दीपकराज गिरी देखिनासाथ गमलङ्ग स्टाइलमा अंगालो हालिहाले। एकक्षण त जुंगे दीपा देखिएपछि दीपक पनि अलमलिएका थिए ।अनि दुवैले फोटोको लागि पोज दिइहाले।

Deepa Junge with Dipak & Jitu 2

साथमा जिरे–खुर्सानीका मुन्द्रे हिरो जीतु नेपाल पनि आएपछि तीनजनाको जोडी मिलिहाल्यो। भटाभट फोटो खिच्न र खिचाउन व्यस्त बनिहाले। सातौ संस्करणको एलजी डी–सिने अवार्ड समारोहमा दीपाश्री जुंगेको स्टाइलमा चार्ली च्यापलिन बनेर प्रस्तुतिको लागि जान तयार बनेर आएकी रहिछन्।

दीपाश्रीको श्रृंगार–पटार गर्ने कार्य बरिष्ठ मेकअप आर्टिष्ट विपना थापाबाट भएको रहेछ। दीपाको जुंगे स्टाइल र दीपकको न्यू–लुक्सको कर्ली हेयर स्टाइलले डी–सिने अवार्डमा राम्रै चर्चा पाएको थियो।

प्रकाशन मिति–२०७२ साल पुष ६ गते सोमवार ।