काठमाडौं। मायामा त्याग हुन्छ अनि तपश्या पनि हुन्छ । अझ मायामा शंका हुन्छ र त्यो शंकाले भ्रम उत्पन्न गराउंन सक्छ । यसरी उत्पन्न भएको भ्रमले मान्छेको जिन्दगीमा उथलपुथल ल्याई दिन सक्छ। यस्तै उथल पुथल ल्याई भएको छ–नायक राजु श्रेष्ठको जिन्दगीमा पनि।


यो वास्तविकता होईन, एउटा भिडियोको कथा हो । निरन्तर सांगीतिक प्रस्तुतिहरु दिदैआएका गायक तथा संगीतकार ताराबीर पाण्डेको स्वर रहेको राती सम्झिन्छु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यही सार्वजनिक भएको भिडियोमा जेनिशालाई राति मात्र राजुले किन संझेका हुन भन्ने कुराको खुल्दुलीको खुलासा गर्ने कार्य भएको छ।

दिलीप घिमिरेको शब्द रहेको उक्त गीतलाई राजीव शाहले एरेञ्ज तथा रेकर्डिङ र मिक्सिङ गरेका छन्। ताराबीर पाण्डेले नै हालै सञ्चालनमा ल्याएको स्टुडियो यमन प्रालिको प्रस्तुति रहेको उक्त गीतको भिडियोमा जनकराज अधिकारीको छायाँकन रहेको छ भने राजु श्रेष्ठ, जेनिशा बस्नेत र ज्वाला घिमिरेले त्रिकोणात्मक प्रेम कथामय अभिनय रहेको छ। उक्त भिडियोको निर्देशन तथा सम्पादन तुलसी बाँस्कोटाले गरेका हुन्।
गीतको भिडियो कथामा राजु र जेनिशा एकले अर्काको मायामा अत्यन्त आकर्षित छन् तर बिचमा जेनिशाले राजुको साथमा ज्वाला घिमिरेलाई देख्छिन् अनि उनहिरु बिचमा तनाब सुरु हुन्छ। उनीहरुको झगडा नै पर्छ। राजुले सम्झाउँन खोज्छन् तर जेनिशाले त्यो कुरा बुझ्दिनन्। राजु तनावमा पर्छन् भने जेनिशा पनि पहिले आफुहरु भेटेको ठाउँमा जान्छिन् । यस्तै कथाबस्तु रहेको गीतको भिडियोमा।

https://www.youtube.com/watch?v=zG9BaEXYvTg
प्रकाशन मिति–२०७४ साल मंसीर ११ गते सोमवार ।