Joshna Phuyal 1काठमाडौ। नेपाली चलचित्रकी सदावहार नायिका जोस्ना फुयांल छोरा–छोरी प्रेमी बनेकी छन्। दुई छोरी तथा एक छोरालाई अत्यन्त माया गर्ने र उनीहरुकै लागि मरिमेट्ने नायिकाको रुपमा यतिखेर जोस्नालाई चिनिन्छ।

यी तीन छोरा–छोरी हुर्काउनमा नै अत्यन्त व्यस्त बनिरहेकी जोस्नाले आम नायिकाहरुले भन्दा फरक टाटु बनाएकी छन्। अरु नायिकाले बक्षस्थल, ढाँड पछाडि, नाइटो जस्ता स्थानमा विभिन्न टाटु बनाउने गरेको पाइएतापनि जोस्नाले भने त्यसो गरेकी छैनन्। दायाँ हातमा टाटु बनाएकी छन्।

त्यस टाटुमा जोस्नाले दुई छोरी जोरुफा र जोरुजा र एक छोरा जोरुनको नाम उल्लेख गरेकी छन्। छोरा–छोरीको माया–मोह तथा प्रेमलाई हातको टाटु मार्फत सवैलाई सन्देश दिने कार्य जोस्नावाट भएको छ। जुन सकारात्मक सन्देशको रुपमा सवैले लिइएको पाइएको छ।

Joshna Phuyal 2 Joshna Phuyal 3प्रकाशन मिति–२०७४ साल भाद्र २५ गते आइतवार ।