काठमाडौं। काठमाडौंको उत्तरी भेग बूढानिलकण्ठ नगरपालिका वडा नंबर ७ भेटघाट टोलस्थित प्रतिष्ठित ज्ञान चक्षु ईङ्लिस स्कुलले स्थापनाको १७ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। सहुलियत शुल्कमा स्तरीय शिक्षा दिदैआएको ज्ञान चक्षु ईङ्लिस स्कुलले स्थापनाको १७ औ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा शनिवार मनाएको हो।

स्कुलका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि काठमाडौं क्षेत्र नंबर ४ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका चर्चित युवा नेता प्रदीप पौडेलवाट भएको थियो । नेता पौडेलले सरकारी विद्यालयको तुलनामा संस्थागत नीजि विद्यालयको शिक्षा अब्बल रहेको बताउंदै नीजि विद्यालयको शिक्षा सहज र सहुलियत गर्न सरकारले नीजि विद्यालयहरुलाई राहत दिने योजना सरकारले ल्याउनु पर्ने कुरामा जोड दिएका थिए।

कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट खेल तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साथमा देशकै प्रतिष्ठित कलाकारहरु गायक हेमन्त शर्मा, गायिका रिता केसी, जादूगर शेरवहादुर गुरुङ लगायतको विशेष प्रस्तुतिले तहल्का नै मचाएको थियो । गायक शर्माको स्टार क्रेज त्यहाँ पनि देखिएको थियो।

विसं. २०६२ सालमा स्थापित ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रदान गर्दै आइरहेको छ । २१ औं शताब्दीको समय सापेक्ष र प्रविधि मैत्री, शान्त वतावरण, अनुभवी शिक्षक–शिक्षिकावाट पठन पाठन गरिने भएकाले सबै भविभावकको रोजाईमा परेको छ।

प्रकाशन मिति–२०७९ साल फागुन २८ गते आइतवार ।