काठमाडौ। दक्षिण कोरियाको अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन्।

११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको बताइएको छ । मूख्यतः ज्येष्ठ नागरिकको उपचार गर्ने उक्त अस्पतालको इमरजेन्सीबाट आगो सल्किएको बताइन्छ।

आगोका कारण सँगै जोडिएको नर्सिङ होम पनि प्रभावित भएको छ। आगलागीमा अस्पताल र नर्सिङ होममा रहेका मानिस परेका छन्। नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ।

(समाचार एजेन्सीको सहयोगमा )
प्रकाशन मिति–२०७४ साल माघ १२ गते शुक्रबार ।