Jhamak Kumariकाठमाडौ। नेपाल सरकारले साहित्यकार झमककुमारी घिमिरेलाई स्थायी आवासका लागि जग्गा दिने निर्णय गरेको छ। साहित्यकार घिमिरेलाई सरकारले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गा दिने निर्णय गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा कोषको मंगलबार बसेको बैठकले साहित्यकार घिमिरेलाई ६ आना जग्गा दिने निर्णय गरेको हो। मन्त्रालयको निर्णयकपी प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार घिमिरेलाई बालुवाटारस्थित निवासमा मंगलबारै हस्तान्तरण गरिसकेका छन्।

सरकारले दिएको जग्गामा झमकका लागि भवन तथा सहरी विकास मन्त्रालयले घरसमेत बनाइदिने भएको छ। मन्त्रालयका सचिव अर्जुन कार्कीले प्राप्त जग्गामा भवन निर्माण गर्न तुरुन्तै आवश्यक कारबाही अघि बढाउने बताए।

प्रकाशन मिति–२०७२ साल मंसिर २९ गते मंगलबार ।