काठमाडौ। गीतको माध्यमवाट झम्म–झम्म पानी पार्ने गायकको रुपमा अत्यन्त चर्चा पाएका बुनियाद गीतका गायक रामकृष्ण श्रेष्ठको गायनमा नयाँ गीतको भिडियो छायाँकन भएको छ।

पोखराको रमणिय स्थलहरुमा रोमाञ्चकारी ढंगले गीतको छायाँकन भएको हो। जुन गीतको वोल नै रुपैको धाक नलगाउ रहेको छ। शव्द नै बबाल रहेको यो गीतको रचना गीतकार अम्बिका गुरुङले गरेकी हुन्। संगीत भने आँशुसेन लामाको रहेको छ।

यस बबाल गीत गायनमा गायक रामकृष्ण श्रेष्ठलाई अत्यन्त चर्चित गायिका मिलन अमात्यले साथ दिएकी छन्। लोकप्रिय युवा म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनको निर्देशनमा तयार भएको गायक श्रेष्ठको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन्।

सुवास राईको नृत्य निर्देशन रहेको भिडियोमा दास गुरुङ, अस्मिता रानामगर र विनिता तामाङको अभिनय रहेको छ। यस भिडियो केही दिनमा नै रिलिज हुने जानकारी गायक रामकृष्ण श्रेष्ठले भिजन संसारलाई बताएका छन्।


प्रकाशन मिति–२०७४ साल माघ २० गते शनिवार ।