Tarkies womenकाठमाडौ। टर्कीका सैनिक महिलाले अब बुर्का लगाउन पाउने भएका छन् ।
टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो।

टर्की सरकारले बुर्काको रंग बर्दिकै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने तर अनुहार भने छोप्न नपाइने व्यवस्था गरेको छ। टर्की सरकारले नयाँ नियम बनाए पनि यो टर्कीको राजपत्रमा प्रकाशित भएपछि मात्रै लागु हुने बताइएको छ।

बर्षौंदेखि यस विषयमा पक्ष र विपक्षमा बहस भइरहेको टर्की सरकारले बुर्कामाथिको प्रतिबन्ध फुकुवा गर्ने ऐतिहासिक निर्णय गरेको हो । धर्म निरपेक्षताका पक्षधरले बुर्का धार्मिक रुढीबादीको प्रतिक भएको आरोप लगाउँदै आएका छन् । (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल फागुन १२ गते विहीवार ।