काठमाडौ। एकाउन्ट तथा एकान्ट संवन्धी कार्य गर्ने एकाउन्टेन्ट तथा एकाउन्टको परिक्षण गर्ने अडिटरको कार्य जटिल कार्य नै मान्ने गरेको पाइन्छ। यस जटिल कार्य गर्ने कतिपय एकाउन्टेन्ट तथा अडिटरहरु हरदम तनाबमा पर्ने गरेको देखिन्छ। अझ उनीहरु कुनै न कुनै एकाउन्टको हिसाव मिलाउन नसकेर हैरान बनिरहेको पाइन्छ।

Account Officer Narayan Rai & Auditor Soni Kandel.

अझ त्यसरी हैरान बन्ने एकाउन्ट अफिसरले एकाउन्ट राखेको कार्य मिलेको छ या छैन् भनेर परीक्षण गर्ने अडिटरलाई अझ टाउको खाने कार्य हुने गर्दछ। जसले गर्दा यो पेशा अपनाउने कतिपय विभिन्न लतमा पर्ने गरेको पाइन्छ। उनीहरुमा ननस्टप चिया तथा कफी खाने त कोही चुरोट खाने र सुर्ती मुखमा हालेर बस्ने लगायत जांड–रक्सी खाने जस्ता विभिन्न अमलका लत हुने गर्दछ।

यस्तो लत हुनुमा एकोहोरो जटिल तथा जिम्मेवार कार्य भएको कारण त्यसवाट अलिकति भएपनि राहत महशुश गर्नका लागि त्यस्तो लतमा पर्ने गरेको हुनुपर्ने जिकिर भासरा भिजन प्रा.लि.का लेखा तथा प्रशासकीय अधिकृत नारायण राईको रहेको छ। अधिकृत राई कार्य जस्तोसुकै जटिल भएतापनि कार्य कक्षमा त्यस्तो लत बसाल्नु राम्रो कुरा नभएको भन्छन्।

अधिकृत राईको कुरामा सहमत बनेकी नयाँ पुस्ताकी अडिटर सोनी कंडेलले पुरानो पुस्तामा जस्तै नयाँ पुस्तामा पनि त्यस प्रकारको अमल तथा लत पाइएको खुलासा गरेकी छन्।

त्यस्तो लत तथा अमलले युवा पुस्तालाई अझ नराम्रो दिशातिर उन्मुख बनाउने भएकोले त्यस्तो लतको अमली बनाउन नहुने कंडेलले सुझाव दिएकी छन्। प्रविधिको कारण पहिला जस्तो एकाउन्ट तथा एकाउन्टेन्सी हाल त्यति जटिल नभएको र सहज भैसकेकोले युवा पुस्ताको आकर्षण धेरै रहेको पनि अडिटर कंडेलको दावी रहेको छ।

प्रकाशन मिति–२०७४ साल पुष १६ गते आइतवार ।