मुलुककै सबैभन्दा धेरै जनसङख्या भएको राजधानी शहर काठमाडौँ, दिउँसो जति भिडभाड हुन्छ साँझ पर्दा नपर्दै त्यति नै सुनसान पनि । यहाँ रातको अन्धकारमा अनेक अप्रिय घट्नाहरु समेत घट्ने गरेका छन् । मुलुकको राजधानीमा हरेक पल झिलमिली वत्ती हुनुपर्नेमा अध्यारोले गर्दा राति जोकोहिलाई पनि आफु लुटिने खतरा हुने गर्दछ । यिनै र यस्तै कुरालाई ध्यानमा राखेर केहि समय अगाडिदेखि उज्यालो सडक अभियानमा लागिपरेको काठमाडौ महानगरपालिकाले राजधानीमा साढे सात हजार सौर्यबत्ती जडान गर्ने भएको छ । स्थानीयबाट आएको निवेदनको आधारमा महानगरलाई झिलिमिली पार्न महानगरपालिका तदारुक्ताका साथ लागि परेको हो ।

source:https://www.youtube.com/watch?v=ZkwUyorh9vY