Trump with Obama

काठमाडौ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई लगाइएको आरोप खण्डन भएको छ।

राष्ट्रपति ट्रम्पले गतवर्ष भएको राष्ट्रपति चुनावका क्रममा ओबामा प्रशासनले ट्रम्प टावरको टेलिफोन कल ट्रयाप गरेको आरोप लगाएका थिए। तर, पूर्वराष्ट्रपति ओबामाले त्यो आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका हुन् ।

ओबामाका प्रवक्ता केविन लुइसले ओबामा या ह्वाइट हाउसका कोही पनि अधिकारीले कुनै पनि अमेरिकी नागरिकको जासुसीको आदेश नदिएको स्पष्ट पारेका छन् ।

ओबामाले ओबामा प्रशासनमाथि लगाइएको आरोप झुठो भएको बताए। राष्ट्रपति ट्रम्पले आरोपको ठोस प्रमाण भने जुटाउन सकेका छैनन् ।( एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल फागुन २२ गते आइतवार ।