Donald Trump with Hilari Clinton
Donald Trump with Hilari Clinton

अमेरिका । अमेरिकाको राष्ट्रपति चुनावमा प्रतिव्दन्दी रहेकी हिलारी क्लिन्टनको इमेल प्रकरणको थप जाँच नहुने भएको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्लिन्टनको इमेल प्रकरणको थप जाँच नगर्ने भनेपछि क्लिन्टनलाई राहत मिलेको छ।

राष्ट्रपतीय निर्वाचनका क्रममा भने ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए क्लिन्टनको इमेल प्रकरणमा पुनः छानविन गरी उनलाई जेल हाल्नेसम्मको कडा अभिव्यक्ति दिएका थिए। ट्रम्पले राष्ट्रपतीय निर्वाचनकी आफ्नी प्रतिस्पर्धी रहेकी क्लिन्टनलाई थप पीडा दिने आफ्नो चाहना नरहेको समेत स्पष्ट पारे।

यसअघि अमेरिकी संघीय जाँच व्यूरो एफबीआईका निर्देशक जेम्स कोमीले ईमेल प्रकरणमा क्लिन्टनले कुनै गलत काम नगरेको बताइसकेका छन्। तर डेमोक्रेटिकका तर्फबाट राष्ट्रपतीय उम्मेदवार रहेकी क्लिन्टनले आफ्नो हारमा कोमीको हात रहेको आरोप लगाएकी थिइन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल मंसीर ८ गते बुधवार