Mr.Chudamani Sharma
Mr.Chudamani Sharma

काठमाडौ। अख्तियारको जालमा परेको ठूला माछा भनिएका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचारको विषयमा थप छानविन गर्नका लागि विशेष अदालतले एक हप्ता म्याद दिएको छ।

भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ गरेका शर्मालाई आयोगले आइतवार बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिइएको हो।

विशेष अदालतमा उपस्थिति गराइएका बेलामा पत्रकारसँग कुरा गर्दै शर्माले आफूलाई नियमविपरीत गैरकानुनी रुपमा गिरफ्तारी गरिएको आरोप लगाएका छन्।

प्रकाशन मिति–२०७४ साल जेष्ठ २१ गते आइतवार ।