काठमाडौ। १६ बर्षको उमेरमा डाक्टरको लापरवाहीका कारण आफ्नो दुबै आँखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा बेलायतमा नेपाली चलचित्र ब्लाइन्ड रक्स निर्माण भएको छ।

blind-rocks-posterयो चलचित्र बेलायतमा यही अगष्ट ५ तारिखका दिन रिलिज हुने भएको छ। रिलिजको पूर्वसन्ध्यामा यस चलचित्रको फस्ट लुक बेलायतवाटै रिलिज गरिएको छ।

श्रृष्टी केसीको भूमिकामा नायिका बेनिशा हमाल रहेकी छन्। साथमा अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ।

निकेश लिम्बुको निर्माणमा तयार भएको यो बायोपिक चलचित्रको निर्देशन निर्देशक मिलन चाम्सले गरेका हुन्।
प्रकाशन मिति–२०७४ साल साउन १४ गते शनिवार ।