काठमाडौ। नेपाल मेडिकल काउन्सिलले लिएको मेडिकल डाक्टरको लाइसेन्स परीक्षामा आधाभन्दा बढी प्रशिक्षार्थी डाक्टर फेल भएका छन्। काठमाडौको आर्मी प्रतिष्ठानमा शनिवार लिएको परीक्षामा सहभागी ५ सय १० जना प्रशिक्षार्थी डाक्टरमा २ सय ५२ जनामात्र पास भएको काउन्सिलले जनाएको छ।

Doctor (1)

मेडिकलतर्फ ४ सय ६९ जनाले परीक्षा दिएकोमा२ सय ४६ जनामात्र पास भएको छ भने, डेन्टल विषयका सहभागी ४१ जनामा जम्मा ६ जना पास भएका छन्।

पहिलाजस्तो महंगो लगानीमा देश तथा विदेशबाट डाक्टरी पढेर आउनेहरुले काउन्सिलको परीक्षामा खासै मेहनत नगर्ने र पछि फेरि दिन पाइने सोचले उनीहरुले गरेको लापरवाहीको परिणाम भएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.दीलिप शर्माले भनेका छन्। काउन्सिलको परीक्षा पास नगरिकन नेपालमा डाक्टरी पेशा गर्न पाइदैन।

प्रकाशन मिति–२०७२ साल मंसिर १३ गते आइतवार ।