काठमाडौ। कुनै बेला अत्यन्त चर्चामा रहेका डान्सर हिरो दीलिप रायमाझी अमेरिकामा बसोबास गर्दैआएका छन्। नेपाल आएको बेला कुनै न कुनै फिल्म या प्रोग्राममा व्यस्त रहने डान्सर हिरो दीलिप यतिखेर नेपालमा रहेका छन्। अझैपनि नेपालमा शुभचिन्तक दर्शकहरुले चिनिहाल्ला भनेर माक्स लाएर हिंड्ने गरेका दीलिपले त्यो बानी भने छाडे्का छैनन्।

भिजन संसारले काठमाडौको दरबारमार्ग पछाडि याक एण्ड यति रोडमा भेटिदा पनि पुरानै स्टाइलमा मास्क लगाएरै हिंड्दै गरेको भेटेको थियो। कसैलाई प्रतीक्षा गरेर बसेका दीलिप यतिखेर नेपाल आउनुको पछाडि उनी अभिनित चलचित्र गोरे रिलिज हुन लागेकोले रहेछ। पारिवारिक भेटघाट र फिल्म रिलिज दुवैलाई मौकाको रुपमा समय मिलाएर नेपाल आएको बताउने दीलिप यतिखेर चलचित्र गोरेको प्रमोसनमा व्यस्त बनेका छन्।

मार्शल आर्ट ताईक्वाण्डोका अन्र्तराष्ट्रिय प्रशिक्षक समेत रहेका राकेश कुमार राईले यस चलचित्रमा दीलिपसंगै एक्सन हिरो भूमिकामा दमदार अभिनय गरेको जानकारी अग्रज रंगपत्रकार सानुकाजी श्रेष्ठले भिजन संसारलाई भनेका छन् । उनको दमदार एक्शन भूमिका रहेको चलचित्र ‘गोरे’ यही मङ्सीर २९ गते देखि देशभर प्रदर्शनमा आउने भएको छ।

गोरे’ एक्शन, रोमान्टिक एवं समसामयिक विषयवस्तुमा आधारित मनोरञ्जनात्मक चलचित्र भएकोले व्यवसायिक रुपले पनि सफलता पाउने विश्वास निर्माणपक्षले लिएका छन्।

रामेश कुमार राईको निर्देशन रहेको ‘गोरे’मा दिलिप रायमाझीको अलावा अनु शाह, रबिन्द्र आचार्य, खुश्बु खड्का, बिमला गिरी, सुरवीर पण्डित, ममता शर्मा, सूर्य जि.सि.लगायतका कलाकारका साथमा नवप्रस्तुती राकेशकुमार राई, डा.गुन्नु घर्ति, अभिषेक गिरी, लगायतका कलाकारको अभिनय रहेको छ।

जि.एस.मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता सूर्य जिसि हुन भने रुपा जिसि चलचित्रको निर्मात्री हुन् ।
प्रकाशन मिति–२०७४ साल मंसीर १६ गते शनिवार ।