काठमाडौ। आठौ पटक नेपालको चिकित्सा क्षेत्रमा भएको विकृति तथा विसंगतिको विरुद्ध आवाज बुलन्द गर्दैआएका डा.गोविन्द केसीको आमरण अनसनको पन्ध्रौ दिन पुग्दा पनि सरकारवाट मागको सुनुवाई भएको छैन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा आमरण अनसनरत डा.केसीको अवस्था निक्कै दयनिय र चिन्ताजनक बनिसकेको छ।

Tangal Dharpakad 2

सरकारको सुनुवाई नभएको भन्दै काठमाडौको टंगाल स्थित अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि डा.केसीको समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। धरपकडमा प्रहरीले डा.केसी समर्थक एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घम्साघम्सीमा प्रदर्शनकारीलाई प्रहरीले लाठीचार्ज समेत गरेको थियो। आइतबार ११ बजे चिकित्सक, नर्स, विद्यार्थी तथा सर्वसाधारण आयोग अगाडि प्रदर्शन गर्न गएका थिए।

प्रदर्शनमा उत्रिएकाहरूले सुरूमा ‘तपाईं किन पागल?’ भनी सोधिएको प्रश्नमा विभिन्न उत्तर दिए। कसैले ‘भ्रष्टाचारको विरोध गर्ने म पागल’, कसैले ‘सोलुखुम्बुमा स्वास्थ्य सेवा पुर्याउन खोज्ने म पागल’, कसैले ‘तीन करोड सदाचारीको न्याय चाहने म पागल’, भनेका थिए। त्यसपछि सबैले ‘म पनि पागल, हामी पनि पागल’ भनेर नारा लगाउन सुरू गरेका थिए। ‘माफियाको मन्त्र, लोकमान तन्त्र’, ‘सांसदको घडीमा लोकमानको ब्याट्री’, ‘सबैतिर प्रष्ट छ, अख्तियारमै भ्रष्ट छ’, ‘लोकमान मुर्दावाद’, लगायत नारा लगाएका थिए।

Tangal Dharpakad 1

नाराबाजीपछि अगाडि बढ्ने क्रममा प्रदर्शनकारीलाई धरपकड र लाठी प्रहार गरेको थियो। चिकित्सा क्षेत्र सुधारर अख्तियार दुरूपयोग अनुसन्धान आयोका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै वरिष्ठ चिकित्सक केसी पन्ध्र दिनदेखि अनसनरत् छन्। चिकित्सा क्षेत्रमा आफ्नो र आफ्ना नातेदारको निहित स्वार्थमा भ्रष्टहरूसँग मिलेर कार्कीले हस्तक्षेप बढाएको भन्दै केसीले महाअभियोग माग गर्दै अनसन बसेका थिए। केसीले महाअभियोग माग गरेपछि अख्तियारले उनलाई ‘पागल’ भनेको थियो। विरोधमा उत्रिएकाहरूले तीन करोड नेपालीको स्वास्थ्यको पक्षमा बोल्दा ‘पागल’ भनिएकाले आफूहरू पनि पागलै भएको भनेर प्रदर्शन गरेका थिए।

Tangal Dharpakad 3प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।