purano-dunga-1लण्डन । नेपालमा केही समयअघि मात्र रिलिज भएको नेपाली कथानक चलचित्र पुरानो डुंगा बेलायतमा पनि रिलिज हुने भएको छ।

यही पुष ३ गते अर्थात डिसेम्बर १८ को दिन ह्यारो स्थित सफारी सिनेमा हलमा बेलायतको स्थानिय समय अनुसार दिउंसो १ बजे रेड कार्पेट समारोह हुने भएको छ।

जसमा हाल बेलायतमा चलचित्र ह्याप्पी डेजको शुटिङ्गको क्रममा रहेकी चलचित्र पुरानो डुंगाकी नायिका प्रियंका कार्की लगायत यस चलचित्रका नायक दयाहाङ्ग राईका साथमा निर्देशक रामबाबु गुरुङ्गको विशेष सहभागिता रहने भएको छ।

रेड कार्पेट समारोहमा बेलायतका लागि नेपाली राजदूत दुर्गावहादुर सुवेदीको प्रमुख आतिथ्यता हुने पनि आयोजकले बताएको छ।

बेलायतस्थित नेपालीज फिल्म एकेडेमी इन्फा युकेको आयोजनामा चलचित्र पुरानो डुंगाको बेलायतमा प्रदर्शन गर्ने संपूर्ण जिम्मेवारी लिएको हो।

purano-dunga-2

प्रकाशन मिति–२०७३ साल मंसीर २६ गते आइतवार ।