टेक्सास। अमेरिकाको टेक्सासस्थित एक चर्चमा अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गर्ने डेविन प्याट्रिक केली भएको खुलेको छ। केली चर्चमा गोली चलाउनुको पछाडि अरु केही नभकन पारिवारिक कारण भएको प्रहरी अनुसन्धानवाट खुलासा भएको छ।

केलीले गोली चलाउनुअघि सासुसँग झगडा परेको तथ्य प्रकाशमा आएको छ। केलीले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको स्थानीय अधिकारीको दावी छ। परिवार तथा उनको श्रीमतीको परिवारसँग विवाद भएकाले उनले गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

केलीकी सासु मिसेली स्चिएल्डस पनि गोलीकाण्डका समयमा सोही चर्चमा उपस्थित थिइन् । केलीकी आमा लुका ह्वाइट पनि गोली लागेर मारिएकी छिन्। आइतबार बिहान केलीले अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गरेका थिए। मारिनेमा आधाजसो बालबालिका भएको घटनामा अरु २४ जना घाइते भएका छन्।

नियमित प्रार्थनाका लागि मानिस भेला भएका बेला उनले टेक्सासको विल्सन काउन्टीस्थित चर्चमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । केली पनि प्रहरी जवाफी कारवाहीमा मारिएका थिए ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक २१ गते मंगलवार ।