काठमाडौ। नेपालमा सवारीसाधन अनुमतिपत्र (ड्राइभिङ्ग लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ।

Smart-Licence-Card-1नेपाल सरकार यातायात व्यवस्था विभागले लिखितमा धेरै जना फेल भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउनेलाई ड्राइभिङ्ग लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने व्यवस्था शुक्रबारदेखि लागू गरेको जनाएको छ।

यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार सबै नागरिकलाई सहज रुपमा सवारीसाधन अनुमतिपत्र लिन पाउन यस नयाँ व्यवस्थाले सहज हुने भएको छ।

यसबाट लिखित परीक्षा दिँदा धेरै भिडभाड हुने तथा बिचौलियाको चलखेल हुनेलगायतका कुरा घट्ने अनुमान गरिएको छ। यसअघि सवारीसाधन अनुमतिपत्र लिँदा सय पूर्णाङ्कमध्ये १९ लब्धाङ्कको विषयगत र ८१ लब्धाङ्कको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए ।
प्रकाशन मिति–२०७३ साल चैत्र ६ गते आइतवार ।