Actress Sarita Lamichhane worshiped her brother.
Actress Sarita Lamichhane worshiped her brother.

काठमाडौ। तिहारको अत्यन्त महत्वपूर्ण र प्रमुख दिनको रुपमा भाइटीकालाई लिइने गर्दछ। आज यमपञ्चक अर्थात तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व।

दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएर भाइटीका मनाउने कार्य भएको छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम रहेको छ।

Nepal's Nomber 1 Actress Rekha Thapa with her brothers in Bhaiteeka mood.
Nepal’s Nomber 1 Actress Rekha Thapa with her brothers in Bhaiteeka mood.

प्रकाशन मिति–२०७४ साल कात्तिक ४ गते शनिवार ।