काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ।

sansad-bhawan

आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा सो बराबरको रकम खर्च गरेको छ।

sansad

पछिल्ला दिनमा खाना–खाजा कुपनको व्यापक दुरुपयोग हुन थालेपछि सभामुख ओनसरी घर्तीले आर्थिक मितव्ययिता अपनाउन भन्दै खाजा खाना कुपन गत १ भदौं वाट कटौती गरेकी थिइन्।

त्यसको सट्टा संसद सचिवालयले समिति वैठक चल्दा समिति सदस्यहरुलाई विगतमा दिइदै आएको १ सय ५० रुपैया भत्तामा २५० रुपैया थप गदै ४ सय रुपैया उपलब्ध गराउँदै आएको नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रकाशन मिति–२०७३ साल असोज १९ गते बुधवार ।