Bhumika_Shresthaकाठमाडौ। समाज जतिसूकै आधुनिक तथा परिवर्तनशील बनेतापनि नेपाली समाजमा तेश्रो लिङ्गीलाई हेर्ने दृष्टिकोणमा अझैपनि कुनै परिवर्तन नआएको धारणा तेश्रो लिङ्गीअधिकारकर्मीको रुपमा कार्यरत भूमिका श्रेष्ठले दुःखेसो व्यक्त गरेकी छन्।

काठमाडौमा आयोजित एक कार्यक्रममा आफू तेश्रो लिङ्गी भएकै कारण केटासाथीले प्रेममा धोका दिएको तितो सत्य पनि ओकल्ने कार्य उनीवाट भएको छ। नेपाली समाजमा तेश्रो लिङ्गीलाई हेर्ने दृष्टिकोणमा पटक्कै भिन्नता नआएको गुनासोे भूमिकाको रहेको छ।

युथ एक्सन नेपालले आयोजना गरेका उक्त कार्यक्रममा स्वभाव र भावना फरक हुंदैमा तेश्रोलिङ्गीप्रति विभेद गरिनु हुंदैन भन्ने जोडदार माग उनले गरेकी छन्। नेपालमा करिब ५ लाख समलिङ्गी तथा तेश्रोलिङ्गी रहेको कार्यक्रममा बताइएको छ।

प्रकाशन मिति–२०७२ साल पुष ९ गते विहीवार ।