Kokana Concertकाठमाडौ। ललितपुरको ऐतिहासिक नगरी खोकना तोरीको तेलको लागि अत्यन्त प्रसिद्ध शहर हो। जहाँ दशैंको बेला श्रीकाली जात्रा ऐतिहासिक रुपमा मनाउने गर्ने गरेको छ। त्यो जात्रालाई रौनकता दिनको लागि यो बर्ष कल्चर म्युजिक कन्सर्ट हुने भएको छ।

असोज ९ गते सोमवार हुन गैरहेको जात्राको अवसरमा यस कन्सर्ट हुन गैरहेको हो। यस कन्सर्टमा स्थानीय कला तथा कलाकारको प्रस्तुतिको अलावा राष्ट्रिय स्तरका व्याण्डहरुको पनि गजबको प्रस्तुति हुने भएको छ।

जसमा श्रीकाली व्याण्ड तथा The Axe band को विशेष प्रस्तुति रहने एम्स इन्टरटेन्टमेन्टका कार्यकारी निर्देशक स्वतन्त्र संसार महर्जनले भिजन संसारलाई भनेका छन्। कन्सर्ट अत्यन्त सभ्य तथा भव्य हुने दावी पनि निर्देशक महर्जनको रहेको छ। ग्राण्ड कम्युनिटीको आयोजना रहेको छ।
प्रकाशन मिति–२०७४ साल असोज ५ गते विहीवार ।