काठमाडौ। दक्षिण कोरियाको मुख्य शहर मध्येमा पर्ने जोसेन शहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ।

राजधानी सोलदेखि झन्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने जोसेन शहरमा रहेको आठ तले भवनमा आगलागी हुँदा कम्तिमा २९ जनाको मृत्यु भएको हो। आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सन्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सन्चारमाध्यमहरूले लेखेको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

मृत्यु भएकामध्ये सबैजना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन्। उनीहरु सबैजना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए। आगलागीमा परी अन्य २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। धुँवाले निसास्सिएकै अवस्थामा उनीहरुलाई अस्पताल पर्‍याइएको हो।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन्। स्थानीय समयअनुसार दिउसो ३.५३ बजे आगलागी सुरु भएको थियो। आगलागी भएलगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो।

 प्रकाशन मिति–२०७४ साल पुष ६ गते विहीवार ।