Shuvechha Thapa in Shivam 1

काठमाडौ। नयाँ नेपाली चलचित्र शुभमको शुभमुहुर्त पूर्वी नेपालमा भएको छ। झापाको दमक स्थित दमकको आकाशे पुलमा फरक शैलीमा शुभमुहुर्त भएको चलचित्र शुभमुहुर्तमा प्रतिभाशाली अभिनेत्री शुभेच्छा थापा विशेष आकर्षणको केन्द्र बनेकी छन्।

Shuvechha Thapa in Shivam 4

शुभममा एक्सन नायिकाको बेग्लै छाप राख्ने दौडमा देखिएकी अभिनेत्री थापाको पहिचानलाई चलचित्र शुभमले एक्सन लेडी बनाउने करिब करिब पक्का भएको पाइएको छ। दमकको आकाशे पुलमा गरिएको चलचित्र शुभमको पोस्टरको फस्ट लुक्स हेर्ने सवैले अभिनेत्री थापाको त्यो स्टाइललाई धेरैले मन पराएको झापा स्थित भिजन संसार समाचारदाताले उल्लेख गरेका छन्।

Shuvechha Thapa in Shivam 2

झापा समाचारदाताका अनुसार चलचिब शुभमको मुहुर्त सट अभिनेत्री थापाका साथमा नव अभिनेता सोहम भेटवालले दिएका थिए। दमक स्थित पाथिभरा चलचित्र मन्दिरका सञ्चालक तथा नेपाल चलचित्र संघ पूर्वाञ्चल सभापति चैतन्य बरालले झापा जिल्लाको पहिचानसँगै पर्यटकीय प्रवद्र्धनका लागि चलचित्र शुभमको आकाशेपुलमा गरिएको बताए। चलचित्र शुभमका निर्देशक राजु गिरीले चलचित्र शुभमको छायाँकन दमकको आकाशे पुल र इलामको कन्याम चिया बगानमा छायाँकन गर्ने सोच राखेको भनेका छन्।

Shuvechha Thapa in Shivam 3दमकमा शुभमुहुर्त गरेर काठमाडौ फर्किसकेको चलचित्र शुभम टीम अव केही दिन पश्चात आक्रमक स्टाइलमा छायाँकनमा लाग्ने भएको छ। त्यसको पूर्वतयारी लगभग सकिएको जानकारी पनि निर्देशक गिरी भन्छन्। अभिनेत्री थापा भने। चलचित्र शुभम आफ्नो फिल्मी करियरकै चुनौतिपूर्ण फिल्म भएकोले अझ बढी मेहनत गर्नुपर्ने भएकोले त्यसअनुरुप काम गर्न आफू मानसिक रुपमा तयार भैसकेको भिजन संसारसंगको कुराकानीमा भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल फागुन १७ गते मंगलवार ।