Dashain Fest 1काठमाडौ। मनोरञ्जनात्मक कार्यक्रम मार्फत सामाजिक जनचेतना अभिबृद्धि गर्ने कार्य एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.ले गर्ने भएको छ। यसको शुरुवात एम्स इन्टरटेन्टमेन्टले नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा बृहत दशैं म्युजिकल फेस्टिभ २०१७ गर्ने निर्णय गरेको छ।

Dashain Fest 3यही भाद्र ३१ गते शनिवारका दिन ललितपुरको रिंगरोड बागडोल स्थित बेखा पार्टी भेन्युमा दशैं म्युजिक फेस्टिभ २०१७ को बृहत आयोजन हुने आयोजक एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.का संस्थापक अध्यक्ष स्वतन्त्र महर्जनले भनेका छन्।

कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको जनचेतनामूलक सांगीतिक प्रस्तुति हुने जानकारी कार्यक्रम संयोजक रुपेन्द्र श्रेष्ठले दिएका छन्। ए टू जेड मोवाइल सप कीर्तिपुरको प्रस्तुति तथा एम्स इन्टरटेन्टमेन्टको आयोजनामा हुने यस बृहत दशैं म्युजिकल फेस्टिभ २०१७ मा चार प्रतिभावानलाई जनही नगद ७ हजार ७ सय ७७ रुपैया सहितको सम्मान पनि प्रदान गरिने भएको छ।

यो बर्ष सम्मानित हुनेहरुमा चलचित्र पत्रकार विजयरत्न असंबरे, चलचित्र निर्माता तथा निर्देशक एवम् अभिनेता सुरेन्द्र तुलाधर, संगीतकार सुमन कपाली र नेपाल मण्डल टेलिभिजनका नारायण महर्जन रहेका छन्।

Dashain Fest 2प्रकाशन मिति–२०७४ साल भाद्र १६ गते शुक्रबार