Historical Khokana City of Nepal.
Historical Khokana City of Nepal.

काठमाडौ। नेपालमा नेपालीहरुको महान पर्व दशैंंले छप्पक छोएको छ। तर, नेपालको खाल्डो काठमाडौ नजिकको शहर ललितपुर पाटनको खोकनालाई भने दशैंले छोएको छैन्। खोकनामा दशैं मनाउने प्रचलन नै रहेको छैन्। विजया दशमीको पहिलो दिन घटस्थापना देखि नै दशैंको सट्टामा खोकनामा सिकाली जात्रा शुरु हुने गर्दछ।

?????????????
Sikali Jatra Festival of Khokana

शुद्ध भुटेको तोरीको तेलको लागि विश्वप्रसिद्ध खोकनामा यो दशैभरि सिकाली जात्राको चहल–पहल तथा महत्वले दशैंभन्दा अत्यन्त रोचक लाग्ने खोकनाकै स्थानीय बासिन्दा तथा एम्स इन्टरटेन्टमेन्टका कार्यकारी निर्देशक स्वतन्त्र संसार महर्जनले बताएका छन्। कार्यकारी निर्देशक महर्जनका अनुसार, सिकाली जात्रा अवधिभर कुखुराको मासु, कुखुराको अण्डा तथा लसुन बर्जित रहेको छ।

Mr. Swatantra Sansar Maharjan ( Executive Director of Aims Entertainment Pvt. Ltd.)
Mr. Swatantra Sansar Maharjan ( Executive Director of Aims Entertainment Pvt. Ltd.)

परापूर्वकाल देखि खोकनावासीले कुखुरा नपाल्ने गरेको र त्यसको स्थानमा हाँस पाल्ने गरेको छ। साथमा खोकनाका खेतवारीमा लसुन उमार्ने कार्य पनि हुंदैन्। यसको कारणमा परापूर्वकालमा खोकनाको सिकाली मन्दिरवाट सिकाली देवीको मूर्ति चोरहरुले चोरेर लैजादै गर्दा कुखुरा बासेको र कुखुरा बासेको आवाजवाट तर्सेर ती चोरहरुले सिकाली देवीको मूर्तिलाई लसुनबारीमा फालेर भागेको कारण कुुखुरा र लसुनलाई खोकनावासीको त्यो बेलादेखि सम्मान रहेको पनि कार्यकारी निर्देशक महर्जनले भनेका छन्।

Sikali Jatra Khokana 5

काठमाडौँदेखि पाँच किलोमिटर दक्षिणमा पर्ने खोकनामा करिब ६ हजार मानिसहरू बसोबास गर्छन् । दशैं अवधिभर खोकनामा सिकाली जात्रा, रुद्रायणी देवीको नाच, क्वँ(घ्याम्पो)जात्रा, रुद्रायणी देवीको खट जात्रा चल्ने गर्छ। प्राचीनकालमा खोकना पूर्णरुपमा बौद्ध धर्मावलम्बीहरूको बस्ती थियो। यहाँ हिंसा र काटमार नै चल्दैन थियो। लिच्छवीकालमा शुरू भएको क्वँद्यो(घ्याम्पो) जात्रा खोकनाको मौलिक परम्परा हो। सिखाली’ शब्दबाट अपभ्रंस भएर सिकाली भएको मानिन्छ।

Sikali Jatra Khokana 1नेपाल सम्बत ६३३ तिर राजा अमरमल्लले स्थानीय पैताखलकहरूले चलाउँदै आएको नाटक मञ्चनलाई दशैंको बेला जात्राका रूपमा चलाउन सुझाएको र तत्पश्चात् रुद्रायणी देवीको नाच प्रचलनमा रहेको स्थानीयको भनाई रहेको छ। यसरी हिंसाविरोधी गाउँका रूपमा रहेको खोकनामा दशैं नमनाउने गरेको जनविश्वास रहेको छ।
प्रकाशन मिति–२०७४ साल असोज ११ गते बुधवार ।