Daman Jitu.1काठमाडौ। विगत दश बर्षदेखि जोडी छुट्टिएर अलग–अलग हाँस्य कार्यक्रमहरु गर्दैआएका प्रसिद्ध हाँस्य जोडी दमन रुपाखेती र जीतु नेपालको जोडी यो बर्षको गाईजात्रावाट पूर्नरमिलन भएको छ।

दश बर्ष लामो विछोड पछि शुक्रबारवाट कमलादी स्थित प्रज्ञाभवनमा शुरु भएको तिते–जिरे–मेरी बाँस्सै गाईजात्रे कार्यक्रममा एकसाथ देखा परेका दमन र जीतुको दमदार अभिनयलाई धेरैले मन पराएको देखियो। दश बर्षपछि एकसाथ दर्शकमाझ आइपुग्दा उनीहरुले फुटेको जोडी जुटेको अनुभव गरेका छन्।

अव उप्रान्त यो जोडी कहिले पनि नफुटने निर्णय दुवैले गरेका छन्। जोडी फुटेर अलग अलग बन्दा दुवैलाई घाटा भएको छ। त्यो घाटा पूर्ति गर्न भएपनि यो गाईजात्रावाट जुटन दुवै कम्मर कसेका हुन्। दमन जस्तै जीतु पनि जोडी फेरि जोडिएकोमा निक्कै दंगदास देखिएका छन्।

Daman Jituप्रकाशन मिति–२०७३ साल भदौ ४ गते शनिवार ।