National Tradingकाठमाडौ। असार पन्ध्रको दहीचिउरा खाएयता चालिस बर्षभन्दा बढी पुरानो सरकारी संस्थान नेशनल ट्रेडिङ्ग धरासयी भएको छ।

नेशनल ट्रेडिङ्गमा कार्यरत २ सय ७५ कर्मचारीलाई दहीचिउरा खुवाएर मोटोरकम सहित विदावारी गरेपछि विधिवत रुपमा नेशनल टे«डिङ्ग धरासयी भएको सुशासन नेपाल काठमाडौ कमिटीका अध्यक्ष विनोद भट्टको ठहर रहेको छ।

यतिखेर काठमाडौको टेकुस्थित नेशनल ट्रेडिङ्गका जग्गा–जमिन तथा भवन र श्रीसम्पत्ति नेपाल आयल निगमले खरिद गरेपछि सरकारी स्वामित्वको यो संस्थानको अन्त भएको अध्यक्ष भट्टले भनेका छन्।

कंपनी तथा संस्थानको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ र लुछाचुंडीका कारण नेशनल ट्रेडिङ्ग धरासयी भएको उनको भनाई रहेको छ।
प्रकाशन मिति–२०७४ साल असार १७ गते शनिवार ।