काठमाडौं। नेपालको चर्चित रियालिटी शो मुन्द्रेको कमेडी क्लबको दोश्रो सिजन शुरु भएको छ। चर्चित कमेडी आर्टिष्ट जितु नेपालको अत्यन्त लोकप्रिय यो रियालिटी शो को दोश्रो सिजन शुरु भएको हो।

जसमा अव अध्यक्षको रुपमा ख्यातिप्राप्त हांस्य अभिनेत्री दीपाश्री निरौला देखा नपर्ने भएकी छन्। दीपाश्री निरौलाको स्थानमा अध्यक्षता गर्न ख्यातिप्राप्त सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर देखा पर्ने भएकी छन्।

कोरोना कहरका कारण भएको सरकारी लकडाउनले लामो समयदेखि मुन्द्रेको कमेडी क्लबको छायाँकन भएको थिएन। दोश्रो सिजनको छायाँकन सम्पन्न गरिसकेको र अव दोश्रो सिजनको पहिलो कार्यक्रम असोज २६ गतेदेखि हरेक सोमवार नेपाल टेलिभिजनवाट ८ः४५ बजे प्रसारण हुने भएको छ।

पहिलो सिजनमा भरमग्दुर रुपमा दर्शकको अपार साथ पाएकी अभिनेत्री दीपाश्री निरौलाले फेसबुक मार्फत मुन्द्रे तथा मुन्द्रे क्लबका सवै दर्शकहरुलाई धन्यवाद तथा आभार प्रकट गरेकी छन्।
प्रकाशन मिति–२०७७ साल असोज १८ गते आइतवार ।