इस्लामावाद। विगत दुई बर्षदेखि लगातार सम्पर्कविहीन बनेकी पाकिस्तानकी एक महिला पत्रकारलाई उद्धार गरिएको छ। लाहोरको स्थानीय टेलिभिजनमा कार्यरत जीनत शहजादीलाई सन् २०१५ को १९ अगष्टमा अज्ञात समूहले अपहरण गरेको थियो।

Pakistani Lady Journalist

बेपत्ता नागरिकको खोजी र समाचार संकलनमा निरन्तर लागेका जीनतलाई घरबाट कार्यालय जाने क्रममा रिक्सामा सवार रहेकै बेला अज्ञात बन्दुकधारीले अपहरण गरेको थियो। उनी पछिल्लो समय भारतीय नागरिक हमीद अन्सारीको खोजीमा संलग्न रही समाचार संकलनका क्रममा रहेकै बेला अपहरणमा परेकी हुन्।

अपहरण भएको दिनदेखि पाकिस्तानको बेपत्ता खोजबिन आयोगले उनको खोजी जारी राखेको थियो । उनलाई पाकिस्तान र अफगान सीमा नजिकबाट उद्धार गरिएको हो । जीनतको उद्धारमा बलुचिस्तान र खैबर पख्तुनख्वाहका स्थानीय नेताहरुको महत्वपूर्ण भूमिका रहेको बताईएको छ। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक ५ गते आइतवार ।