काठमाडौ। दुवै किडनी फेल भएर अमेरिकाको न्यूयोर्कमा उपचार्थ रहेका नेपालका पप–सम्राट ओमविक्रम बिष्टको सहयोगार्थ अमेरिकामा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ।

रिभेल इभेन्ट इन्कका म्यानेजिङ डाइरेक्टर तथा प्रसिद्ध गायक राजेश हमाल लगायत नेपाल अमेरिकन कलाकार संघ, अभ्य ढुंगेल, गायक राम श्रेष्ठ र स्वतन्त्र कलाकार सिर्जना स्याङडेनको संयुक्त आयोजनामा भएको हो।

न्यूयोर्कमा आयोजित उक्त सांगीतिक कार्यक्रममा अमेरिकामा रहेका सवै नेपाली कलाकारहरुले पप–सम्राट ओमविक्रम बिष्टका अत्यन्त लोकप्रिय गीत गाउनुको अलावा नृत्य पनि प्रस्तुत गरेका थिए।

त्यसरी प्रतिभा प्रदर्शन गर्ने कलाकारहरुमा सपनाश्री, पुन्यम प्रधान, तिलकबम मल्ल, राम श्रेष्ठ, संगीता मुखिया, राजेन्द्र राई, सानु शेर्पा, गीता बिर्लाकोटी, रानी श्रेष्ठ, विश्व तेन्जिङ, बिमल डाँगी, गम्बु शेर्पा, सुवर्ण शाक्य, सुरेन्द्र बाँस्तोला, दीलिप शिरिष, यशोदा खालिङ राई, पूजा न्यौपाने, बसन्ती राईको अलावा बिट्स ब्याण्डवाट रोकेश गुरुङ, थिन्ले थकाली, रिन्जी शेर्पा रहेका छन्।

उनीहरुका प्रस्तुतिलाई न्यूयोर्कका दर्शकहरुले अत्यन्त रुचाएका थिए। बाद्यबादनमा शिशिर श्रेष्ठ, तबलाबादक न्हूच्छेमान डंगोलले प्रस्तुति दिएका थिए। कार्यक्रमको संचालन विक्की पुलामी मगर र शकुन ज्ञवालीवाट भएको थियो।

सांगीतिक कार्यक्रमवाट लगभग ७ हजार १ सय ८९ अमेरिकी डलर संकलन भएको आयोजकले जनाएको छ। उक्त रकम पप–सम्राट ओमविक्रम बिष्टलाई उपचार्थ हस्तान्तरण गर्ने कार्य आयोजकवाट भएको छ। जसवाट पप–सम्राट विष्टले आफूजस्तै विरामी पूर्ण गुरुङलाई १ हजार डलर सहयोग गरेको जानकारी आयोजक मध्येका एक गायक राजेश हमालले भिजन संसारलाई भनेका छन्।

प्रकाशन मिति–२०७४ साल माघ ४ गते विहीवार ।