काठमाडौ। छेक्यो–छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले छेकेन कहिले मायाको धुइँरोले जस्ता सयौ हिट गीत लेखेका प्रसिद्ध गीतकार सुक गुरुङ दुवै किडनी फेल हुनुको पीडाको अलावा दुवै आँखा नदेख्ने पीडामा रहेका छन्।

Suk Gurung Help News

तिनै गीतकार तथा संगीतकार सुक गुरुङको स्वास्थ्य उपचार खर्च जुटाइदिने स्वास्थ्य उपचारको निम्ति साधना संगीत नै जीवन नामक एक सामाजिक व्यक्तित्वहरुको समूहले हस्तान्तरण गरिएको नगद १ लाख ३६ हजार ६ सय ४५ रुपैया गीतकार संघ नेपालले गीतकार तथा संगीतकार गुरुङलाई पोखरामा हस्तान्तरण गरेको छ।

विहीवार आयोजित एक समारोह वीच गीतकार संघका उपाध्यक्ष भरत बमजन तथा सचिव बसन्त वित्यासी थापाको दुई सदस्यीय टोलीले उक्त रकम गुरुङको पोखरा डाँडाकोनाक स्थित निवासमा पुगेर हस्तान्तरण गरेका हुन्।

उच्च मधुमेह अर्थात हाइ सुगर रोगको कारण दुवै किडनी फेल हुनुको अलावा आँखा नदेख्नुको गंभीर समस्यामा रहेका यी गीतकार तथा संगीतकार सुक गुरुङ मर्नु न बाँच्नुको पीडामा रहेको बेला यो सहयोग रकमले केही हदसम्म भएपनि राहत दिएको गीतकार संघका उपाध्यक्ष भरत बमजनले भिजन संसारलाई बताएका छन्।

आँखा नदेख्नुको पीडामा रहेका गीताकार तथा संगीतकार गुरुङले सहयोगी हातहरुको कारण आफू पीडामा रहेको बेलामा यतिधेरै सहयोग गरेर राहत दिएकोमा आभार प्रकट गरेका छन्।
प्रकाशन मिति–२०७४ साल असोज २७ गते शुक्रबार ।